ब्राजिलियन खेलाडी विलियनमाथि रंगभेदी आक्रमण भएको छ।
इंग्लिस क्लब आर्सनलका मिडफिल्डर विलियनमाथि सामाजिक सञ्जालमार्फत रंगभेदी आक्रमण भएको हो।
विलियनले आफूलाई आएको रंगभेदी म्यासेजको स्क्रीनसट इन्स्टाग्राम मार्फत खुलासा गरेका हुन्।
यता आफ्नो खेलाडीमाथि रंगभेदी आक्रमण भएपछि आर्सनलले कडा टिप्पणी गरेको छ।
रंगभेदी तथा घृणा फैलाउनेहरुलाई खेलको कुनै पनि पक्षलाई त्यस अनुसार सामान्यीकरण गर्न नदिने आर्सनलले जनाएको छ।
यसअघि म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सलले पनि यस्तै खालको रंगभेदी म्यासेज पाएका थिए।