‘धरान १० के रन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठले तेस्रो पटक जितेकी छन् ।
आठौं साफ गेम्सकी स्वर्ण पदक विजेता सन्तोषीले यसअघि चौथो र आठौंमा पनि महिलातर्फ उपाधि जितेकी थिइन्। शनिबार भएको नवौं प्रभु बैंक ‘धरान १० के रन’ मा महिलातर्फ सन्तोषीले निर्धारित १० किलोमिटरको दुरी ३८ मिनेट १० सेकेन्डमा पुरा गरिन्।
पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राईले निर्धारित दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए।