अस्ट्रेलियन ओपन टेनिसको उपाधि नाओमीलाई

बिएल संवाददाता

अस्ट्रेलिया
Photo : Getty
Photo : Getty

महिला एकलतर्फको अस्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी नाओमी ओशाकाले जितेकी छन्।

तेस्रो बरियताकी ओशाकाले शनिबार भएको फाइनलमा अमेरिकी जेनिफर ब्राडीलाई पराजित गरेर उपाधि जितेकी हुन्। उनले ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गरेकी हुन्।

उनले खेल जीवनमा चौथो पटक ग्राण्डसलाम उपाधि जित्न सकेकी हुन्। ओशाकाले यसअघि सन् २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनले सन् २०१८ र २०२० मा युएस ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

ओशाका सन् २०२० को फेब्रुअरी यता कुनै पनि खेलमा पराजित भएकी छैनन्। उनी लगातार २१ खेलमा अपराजित छिन्।

प्रकाशित मिति: : 2021-02-21 07:40:00

प्रतिकृया दिनुहोस्