यसपटकको अस्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन्।
पुरुष एकलको फाइनल खेलमा आइतबार जोकोभिचले रुसका डानिल मेद्भेदेवमाथि सोझो सेटमा जित निकालेका हुन्। उनले ७–५, ६–२ र ६–२ को स्कोरमा खेल जितेका हुन्। अस्ट्रेलियन ओपनको यो उपाधि जोकोभिचको नवौँ उपाधि हो।
यससँगै जोकोभिचले १८ औंपटक ग्रान्ड स्लाम हात पारेका छन्। राफेल नाडाल र रोजर फेडेररले हालसम्म २० पटक ग्रान्डस्लाम जितेका छन्।