तीन वर्षे सम्झौता गरेर सन् २०१९ मा आईपीएलको फ्रेञ्चाइज राजस्थान रोयलमा आबद्ध भएका प्रमुख प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्ड पदमुक्त भएका छन्।
राजस्थान रोयलले श्रीलङ्काका पूर्ब कप्तान कुमार संगाकारालाई निर्देशकको रुपमा नियुक्त गर्दै अष्ट्रेलियाका म्याकडोनाल्डलाई हटाएको हो।
राजस्थानले भने फ्रेञ्चाइज र म्याकडोनाल्डबीचको आपसी सहमतिमा उक्त निर्णय लिइएको बताएको छ। म्याकडोनाल्ड हाल अष्ट्रेलियाको टी ट्वान्टी टोलिका प्रमुख प्रशिक्षकको रुपमा समेत कार्यरत छन्।
अब संगाकाराले नै निर्देशकसँगै प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नेछन्।