नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले ‘झापा स्पोर्टस् अवार्ड २०७६’को मनोनयनमा परेका खेल प्रतिभाहरुको सुची सार्वजनिक गरेको छ।
बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो।
चार विधामा प्रत्येक विधामा तीन–तीन जना र दुई विधामा प्रतिभाको लोकप्रियताको आधारमा एक–एक जना छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताए।
मनोनयनतर्फ पुरुषको वर्ष उत्कृष्ट खेलाडीमा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल) रहेका छन्। त्यस्तै महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीमा जुनी राई (उसु), देविका खड्का (जुडो), कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन्।