फ्रान्सेली प्रशिक्षक थिएरी हेनरीले अमेरिकी कल्ब सीएफ मोन्टरियलबाट राजीनामा दिएका छन्।
उनी मोन्टरियलको मुख्य प्रशिकबाट बिहीबार राजीनामा दिएका हुन्। कल्बका अनुसार उनले व्यक्तिगत कारण रहेको भन्दै राजीनामा दिएका हुन्।
यसअघि हेनरी फेन्च लिग वन क्लब मोनाकोको मुख्य प्रशिक्षक थिए। उनले पद सम्महालेको ३ महिनामै राजीनामा दिएका थिए।
हेनरी ती खेलाडी हुन्, फ्रान्सका लागि १२३ खेलमा ५१ गोल गरेका थिए।
फ्रान्सका लेजेन्ड थिएरी हेनरी रसियामा बेल्जियमका सहायक प्रशिक्षकको भूमिका पनि सम्हालिसकेका छन्।
१९९८ मा विश्वकप जित्दा फ्रान्सेली टोलीमा रहेका हेनरीले २०१६ देखि बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउँदै आएका थिए।
फ्रान्सको पपुलर खेलाडी रहेका हेनरीले आफ्नो करियरको धेरै समय प्रिमियर लिगमा आर्सनलबाट खेलेका थिए।
धेरै समय इंग्ल्यान्डमा बितिएका हेनरीको फ्रान्सेली फुटबलमा भने थोरै मात्रा सहभागिता जनाएका थिए।