अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको हाे।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए।

नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालु अधिवेशन अन्त्य गर्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ।

 

प्रकाशित मिति: : 2021-04-15 12:01:00

प्रतिकृया दिनुहोस्