नेपाल समूहका नेतामाथिको कारबाही फुकुवा हुने प्रवल सम्भावना

बालुवाटारमा जारी नेकपा एमाले स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूहका नेतामाथिको कारबाही फुकुवा गर्ने बारेमा छलफल भइरहेको छ

पछिल्लो राजनीतिक समसामयिक परिस्थितिबारे गहन छलफल गर्दै ओलीनिकट नेताहरूले नेपाल समूह साथमा ल्याउनुपर्ने धारणा राखेका छन्।

नेपाल समूहका नेताहरूको कारबाही फुकुवा भएमा आजै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने एक सदस्यले जनाए। उनले भने, ‘विष्णु कमरेडसँगको भेटघाटमा नेपाल कमरेड सकारात्मक हुनुहुन्छ। स्थायी कमिटीमा त्यसबारे छलफल भैरहेको छ।’

नेपालले प्रधानमन्त्री ओलीको फोन नउठाएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल विहानै नेपाल निवास कोटेश्वर पुगेर संवाद गरिसकेका छन्। उनीहरूबीच पार्टी एकता जोगाउनका लागि दुबै पक्ष लचिलो बन्नुपर्ने विषयमा कुराकानी भएको नेपालनिकट एक नेताले बताए। मन्त्री पौडलले सांसद पदबाट राजीनामा नदिन नेपाललाई आग्रह गरेर फर्किएका थिए।

पौडलले नेता नेपाललाई भेटेलगतै बालुवाटारमा स्थायी कमिटी बसिरहेको छ। 
 

प्रकाशित मिति: : 2021-05-13 11:12:00

प्रतिकृया दिनुहोस्