सडक कालोपत्रे शुरु

भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ। भारत सरकारको रु ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो। 

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडकको उदघाट्न गरेपछि  निर्मााण काम सुरु भएको हो। 

‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगमा सो कार्य हुने भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए। 

सडक निमार्णका लागि भारतीय दूतावास काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो। हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ। रासस 

प्रकाशित मिति: : 2021-05-13 12:46:00

प्रतिकृया दिनुहोस्