नगरप्रमुख चिकित्सक लिएर घरघरमा

बर्दियाको बारबर्दिया नगरपालिकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिन र उपचार गर्न नगरप्रमुख चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली लिएर घरघरमा पुगेका छन्। 

होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न नगर प्रमुख दुर्गाबहादुर थारू कबिर चिकित्सकसहितको स्वास्थ्य टोली लिएर घरघरमा पुगेका हुन्। वडा नं ६ मा आज नगरप्रमुख स्वास्थ्यकर्मीसहित कोरोना सङ्क्रमित नगरवासीको जानकारी लिन टोली लिएर घरघरमा पुगेका छन्।

कोरोना सङ्क्रमितसँगको भेटमा परामर्श र उपचार तथा होमआइसोलेशनको आचारसंहिताका बारेमा जानकारी गराइएको छ। बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा आरसी थारू मेरोरियल नगर अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमितको घरघरमा पुगेर परामर्श, उपचार तथा आवश्यक औषधि सिफारिश गरिएको स्वास्थ्य शाखा संयोजक डिल्लीराज शर्माले बताए।

यस कार्यले कोरोना सङ्क्रमित अनुशासित हुने, सङ्क्रमित खुल्ने, उपचारमा सहज हुने र भावी स्वास्थ्य रणनीति बनाउन सहयोग पुग्ने उद्देश्यले घरमा भेट गरिएको बताइइको छ।

 बारबर्दियाले यसअघि नै कोरोना सङ्क्रमित विपन्न परिवारलाई निःशुल्क औषधि र एम्बुलेन्स सेवा दिँदै आएको छ। हाल बारबर्दियामा २०१ व्यक्ति होमआइसोलेशनमा छन्। रासस 

प्रकाशित मिति: : 2021-05-13 15:28:00

प्रतिकृया दिनुहोस्