
बिएल संवाददाता
पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन्।
केहीदिन अगाडि मात्रै कोरोना संक्रमण जितेर निवास फर्किएका शाहले शनिबार ट्वीट गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद विघटनको बिषयमा यस्तो प्रतिकृया दिएका हुन्।
उनले विश्व नै महामारीको सङ्कटमा भएका बेला जनदायित्त्वबाट पन्छिनका लागि असामयिक, राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति सबै कामहरु गरेको बताएका छन्।
पूर्वराजा शाहले भनेका छन्, 'यस विश्व महामारीको सङ्कटका बेला जनदायित्त्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।'
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया