रुकुम र दाङमा थप निषेधाज्ञा

बिएल संवाददाता

रुकुमपूर्व 

रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ। जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ।

पछिल्लो पटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो। कोरोना सङक्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। 

दाङमा असार १ सम्म 

तुलसीपुर : जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ। यसअघि आजसम्म तोकिएको निषेधाज्ञा असार १ गते साँझ ६ बजेसम्मका लागि थपिएको हो।

यद्यपि अब भने केही खुकुलो भएको छ। बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन्। विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। 

होटेल, शैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन्। त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु गर्नुपर्ने छ। 

बुधबारदेखि यहाँका सबै सरकारी कार्यालय खुल्ने भएका छन्। यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने उनले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-08 20:27:00

प्रतिकृया दिनुहोस्