जुम्लाको तातोपानी गाउँपालिका -१ राँकागाउँमा खोकी र ज्वरोको लक्षण देखिएका २५ जनालाई कोभिड-१९ परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार जनस्वास्थ्य कार्यालय र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड-१९ पुष्टि भएको हो।
संक्रमित पुष्टि भएका सबै जनालाई राँकागाउँकै विद्यालयमा आइसोलेशन बनाएर राख्ने तयारी भइरहेको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले जानकारी दिए।
'यसअघि सोही गाउँपालिका - ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो,' उनले भने, 'उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेशन र कोभिड अस्थायी अस्पतालमा राखिएको छ।'
उनका अनुसार संक्रमित २३ जना हाल होम आइसोलेशनमा बसेका छन्। याेसँगै तातोपानी गाउँपालिकामा सक्रिय संक्रमितकाे संख्या ७० पुगेकाे छ।