माननीय जीवनराम श्रेष्ठले स्वास्थ्य सामाग्री वितरण गरेका छन्।
आफ्नो क्षेत्रका जनतालाई कोरोना भाइरसबारे जागरण गराउँदै श्रेष्ठले घरघरमा पुगेर मास्क, हात धुने साबुन र क्यालेन्डर वितरण गरेका हुन्।
उनले मंगलबार कोभिड सम्बन्धि जनचेतना अभियान कामपा-२० वडाको भिमसेन स्थान कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा गरेका थिए।
सो अवसरमा वडाका पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिति रहेको थियो। यसै गरी माननीय श्रेष्ठको सक्रियतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भुमा ५० बेडको आइसोलेशन केन्द्रसमेत संचालन गरिएको छ।