वीरगंजमा लुटपाटमा संलग्न दुई जनालाई पक्राउ परेका छन्।
वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन्।
बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो।
उनीहरु उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।