मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
बकैया गाउँपालिका-५ भदौरा बस्ने ६० वर्षीय जगत बहादुर माझीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो।
घरबाट करिब २५ मिटर टाढा सिमत खोलामा मोटर जोडी ट्याङकीमा पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।