भरुवा बन्दुकसहित एक जना मृत फेला

Symbolic photo
Symbolic photo

बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन्।

खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ।

मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

प्रकाशित मिति: : 2021-06-09 19:19:00

प्रतिकृया दिनुहोस्