मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

Symbolic photo
Symbolic photo

मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ। तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो।

मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत थिए। बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 'राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,' पारिवारिक स्रोतले भन्यो।

खड्काका निधनमा पौडेलद्वारा दुःख व्यक्त

नेपाली  काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गरेका छन्।

खड्काको बुधबार काठमाडौमा उपचारका क्रममा निधन भएको थियो। आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दमौली र यस सेरोफेरोमा झण्डै डेढ दशकदेखि राजयोग तथा आध्यात्मिक सकारात्मक चिन्तनको क्षेत्रमा क्रियाशील रहेर प्रशिक्षण दिँदै आएका प्रशिक्षक एवं उर्जाशील युवा खड्काको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरे।

'मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ,' पौडेलले भने।रासस

प्रकाशित मिति: : 2021-06-10 13:29:00

प्रतिकृया दिनुहोस्