माओवादी केन्द्रीय समितिको बैठक: पार्टी छाडेकालाई कारवाही 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ।

सोमबार भर्चुअलमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाटै निष्कासन गरेर कारवाही गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन्।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टी छाडेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोही अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो।

प्रकाशित मिति: : 2021-06-21 12:01:00

प्रतिकृया दिनुहोस्