शिक्षामन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै प्रदर्शन (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। 

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेदका आधारमा आफ्नो घरमा कोठा नदिएपछि पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई  छुटाएर सरकारी गाडीको दुरुपयोग गरी मन्त्री श्रेष्ठले विभेदलाई संरक्षण गर्न खोजेको भन्दै क्रियाशिल दलित पत्रकार संघले माइतीघरमा बिहीवार प्रदर्शन गरेकाे हाे। 

उनीहरुले जातीय विभेद जस्तो विषयलाई राज्यले नै संरक्षण गर्न खोजेकाे आरोप समेत लगाएका छन्। 

जातीय विभेद गरेर रिहा भएकी प्रधानलाई मन्त्रीले नै संरक्षण गर्नु समुदायमा सम्प्रदाय भड्काउनु भएको प्रदर्शनमा सहभागी नेपाल दलित संघका सचिव दिपक सोनीले बताएका छन्। 

‘मन्त्रीले नै जातीय विभेदलाई संरक्षण गर्नु निक्कै गलत कुरा हो, समस्या समाधान गर्नुको साटो सरकारी पदको दुरुपयोग गरी विभेदलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाललाई तत्काल कारवाही गर्नुपर्छ।’ सचिव सोनीले भने। 

त्यस्तै, संघले हस्ताक्षर अभियान चलाएर सरकारलाई यस विषयमा ध्यानकार्ष गराएकाे छ।

‘यो निकै गम्भिर विषय हो। यसले समाजलाई झन् भाड्न खोजेको छ। त्यसैले मन्त्रीलाई कारवाही गर्न सरकारलाई दवाव दिन्छौं।’ प्रदर्शनमा सहभागी गणेश विकले भने। 

प्रकाशित मिति: : 2021-06-24 18:40:00

प्रतिकृया दिनुहोस्

    शक्तिको चलखेल हुने यस देशमा जातिय बाहुल्यतालाई शक्तिको रुपमा प्रयोग गर्ने कथित हुण्ड विभेदकारी जातीहरुको विरोधमा लड्नै पर्छ । अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत र कथित दलित लगायतका समुदाय सधैं हेपाहा हुने ? देशव्यापी कार्यक्रम नै बनाएर आन्दोलनमा उत्रनु पर्छ ।

    • 2 बर्ष अगाडि
    • डम्बर राई