काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप १५ दिन थप्ने तयारी गरिएकाे छ। 

काठमाडाैंका तीन जिल्ला (काठमाडाैं, भक्तपुर, ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूकाे बिहीबारकाे बैठकबाट निषेधाज्ञा पुनः १५ दिन थप्ने निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद  निराैलाले बताएका छन्।

‘निषेधाज्ञा थप्ने बारे दिउँसाे १ बजे बैठक बस्दै छाैं, प्राराम्भिक छलछफलमा १५ दिन निषेधाज्ञा थप्ने तयारी भएकाे छ।’ प्रजिअ निराैलाले भने, ‘ बैठकमा लामाे दुरीका यातायता पनि खाेल्ने की भन्ने विषयमा छलफल गरिनेछ।’

उनका अनुसार साउनबाट  लामाे दुरीका यातायात जाेर–विजाेर प्रणालीमा चल्न दिइने तयारी रहेकाे छ।  त्यसका लागि  स्वास्थ्यकर्मी  र ट्राफिक प्रहरी लगायतका सराेकारवालासँग परामर्श लिएर मात्रै निर्णय हुनेछ। 

काठमाडाैं उपत्यकामा यसअघि  देखि नै सम्पूर्ण सवारी साधान सञ्चालन हुँदै आएका छन्।

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ। काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाेले  निषेधाज्ञा थप गर्ने तयारी भएकाे हाे। निषेधाज्ञा खुकुलाे बनाएसँगै पछिल्लाे सातादेखि काेराेना संक्रमणदर वृद्धि भएकाे छ। भने  निकाे हुनेकाे संख्या पनि कम रहेकाे  स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएकाे छ। 

 काठमाडाैं उपत्यकामा पहिलाे पटक वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएकाे थियाे। 

प्रकाशित मिति: : 2021-07-15 07:48:00

प्रतिकृया दिनुहोस्