प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले काेटेश्वरमा भेटवार्ता गरेका छन्।

नेपाल, प्रचण्ड, विप्लव र धर्मेन्द्र बास्तोलाबीच कोटेश्वरमा भेटवार्ता भएको हो। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको विप्लवनिकट स्राेतले बताएकाे छ।

विप्लव नेतृत्वकाे नेकपाले केपी शर्मा ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेकाे थिए। तर, सम्झौता बमोजिम आफ्नो पार्टीका नेता–कार्यकर्ता रिहा नभएको नेकपाले गुनासो गर्दै आएको छ।

 

प्रकाशित मिति: : 2021-07-15 10:53:00

प्रतिकृया दिनुहोस्