प्रचण्डसँग अष्ट्रेलियाली राजदूतद्वारा शिष्टाचार भेट

नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´सँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे।

उनले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे। सो अवसरमा प्रचण्डले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन्। उनीले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन्।

प्रकाशित मिति: : 2021-07-15 11:08:00

प्रतिकृया दिनुहोस्