प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।
 

प्रकाशित मिति: : 2021-07-15 15:26:00

प्रतिकृया दिनुहोस्