राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी छिन्।

बिहीबार बसेकाे मन्त्रीपरिषद्  बैठककाे सिफासिसका आधारमा राष्ट्रपति भण्डारीले आगमी साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशनकाे बैठककाे आह्वान गरेकी हुन्।

बैठक आइतबार  दिउँसाे ४ बजेका लागि आह्वान गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरे बताएका छन्। 

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा सम्वत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँमा सङ्घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ।’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएकाे छ। 

प्रकाशित मिति: : 2021-07-15 19:43:00

प्रतिकृया दिनुहोस्