एमाले स्थायी कमिटीको बैठक बस्दै, आजै संसदीय दलको पनि बैठक बस्ने

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ।

सरकारबाट बाहिरिएपछि पहिलोपल्ट स्थायी कमिटीको बैठक बस्न लागेको हो। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने बताइएको छ।

बैठकमा सहभागी हुन माधव नेपालसहित सबै नेताहरुलाई खबर गरिएको बताइएको छ। तर, बैठकमा माधव नेपाल सहभागी हुने/नहुने बारे भने यकिन छैन।

यसअघि कार्यदलले तयार पारेको सहमतिको १० बुँदे मस्यौदालाई अनुमोदन गर्न बोलाइएको बैठक स्थगित भएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै संसदीय दलको बैठक पनि बोलाएको छन्। याे बैठक भने बानेश्वरस्थित संसद भवनमा बस्ने बताइएको छ। 
 

प्रकाशित मिति: : 2021-07-16 07:37:00

प्रतिकृया दिनुहोस्