बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले भेटवार्ता गरेका छन्।

भट्टराईलाई भेट्न शुक्रबार बिहान विप्लव उनकै निवासमा पुगेकाे विप्लवनिकट स्राेतले जनाएकाे छ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएकाे छ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका विप्लव बिहीबार एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

विप्लव नेतृत्वकाे नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेकाे थिए। तर, सम्झौता बमोजिम आफ्नो पार्टीका नेता–कार्यकर्ता रिहा नभएको नेकपाले गुनासो गर्दै आएको छ।

ओली नेतृत्वको सरकारसँग गरेको तीनबुँदे सहमति पालना गरी आफ्ना नेता-कार्यकर्ता हिरासत मुक्त गर्न महासचिव विप्लवले प्रचण्ड, नेपाल र बाबुरामसँग आग्रह गरेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2021-07-16 09:36:00

प्रतिकृया दिनुहोस्