काठमाडौंका २८ अस्पतालका खोपकेन्द्रमा अमेरिकी खोप लगाउन सुरु

आजदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ काठमाडाैं महानगरपालिकाका २८ अस्पतालका खाेप केन्द्रबाट  दिइने भएकाे छ। 

आजदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिँदैछ। 

अमेरिकी सहयाेगमा प्राप्त याे खाेप नेपालमा पहिलाे पटक  दिन लागिएकाे हाे। यसअघि सरकारले भारतले उत्पादन गरेकाे काेभिशिल्ड, चीनले उत्पादन गरेकाे भेराेसेल लगायतका खाेपहरू  दिँदै आएकाे थियाे। अहिले सम्म नेपालमा करिब ५ प्रतिशत नागिरकले काेराेना भाइरसविरूद्धकाे खाेप लगाइसकेका छन्। 

खोप केन्द्रहरू :

१)   वीर अस्पताल,

२)   त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज

३)   निजामती कर्मचारी अस्पताल, बानेश्वर

४)   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

५)   परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली

६)   काठमाडौँ मेडिकल कलेज, सिनामंगल

७)   नेपाल प्रहरी अस्पताल, पानीपोखरी

८)   वीरेन्द्र सैनिक अस्पताल, छाउनी

९)   पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे

१०)  हिमाल अस्पताल, ज्ञानेश्वर

११)  सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु

१२)  छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी

१३)  जनमैत्री अस्पताल, बालाजु

१४)  मनमोहन अस्पताल, स्वयम्भू

१५)  काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग

१६)  ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही

१७)  सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१८)  नेशनल हस्पिटल, कलंकी

१९)  रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला

२०)  कान्तिपुर अस्पताल, तीनकुने

२१)  राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा

२२)  जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र

२३)  नरदेवी आयुर्वेद अस्पताल, नरदेवी

२४) महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा

२५)  नेपाल भारत मैत्री अस्पताल, चावहिल

२६)  मेट्रो अस्पताल, नारायण गोपाल चोक

२७)  इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे

२८) हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल  

प्रकाशित मिति: : 2021-07-19 08:23:00

प्रतिकृया दिनुहोस्