भीम रावलले फिर्ता लिए राजीनामा

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

उनले पार्टी र जनताको आग्रहअनुसार राजीनामा फिर्ता लिएको बताएका छन्। रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए।

अछामबाट प्रत्यक्ष निर्वाचित सांसद् रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै आइतबार राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2021-07-23 12:50:00

प्रतिकृया दिनुहोस्