संविधानकाे ७६(५)काे अपव्याख्या नगर्न एमालेलाई काँग्रेस नेता सिंहकाे आग्रह (भिडियोसहित)

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरेका छन्।

शुक्रबारकाे प्रतिनिधि सभामा बैठकमा बोल्दै नेता सिंहले अहिलेकै दलहरूको सहमतिमा संविधानमा ७६ को (५) राखिएको भन्दै अहिले त्यही धारा अनुसार सरकार बन्दा परमादेशबाट सरकार बनाएको भनेर आलोचना गर्नु संविधानको अपव्याख्या भएकाे बताएका हुन्।

‘संविधानमा ७६(५) राख्ने अनि अहिले आएर संस्कार र कल्चरको कुरा गर्न मिल्छ ?’ सिंहले भने,‘पुुस ५ गते संसद विघटन भयाे, दाेस्राे पटक जेठ ८ गते भयाे आफू सत्तामा बस्दा कार्यपालिकाले अपनाउनुपर्ने विधि नअपनाउने ? तर अहिले जनादेश होइन परमादेशबाट प्रधानमन्त्री भनेर कराउने?’

उनले केपी ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण काम गरेकाले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न काँग्रेस सरकारमा जान बाध्य भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-07-23 15:12:00

प्रतिकृया दिनुहोस्