प्रतिनिधिसभामा पहिलो पटक बोलेका हरिबोल गजुरेलले भने– संसद् जनताका आवाजको सुनुवाइ हुने थलो बनोस् (भिडियोसहित)

माओवादीकेन्द्रका सांसद हरिबोल गजुरेलले वर्तमान प्रतिनिधिसभाको गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन पहिलोपल्ट संसद्मा बोलेका छन्।

उनले प्रतिनिधिसभामा बोलेको कुरालाई कसैले पनि कार्यान्वयनका लागि गम्भीरतापूर्वक नलिएकाले आफूले नबोलेको उनले बताए।

प्रतिनिधिसभाको शुक्रबारको बैठक नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै भने, 'यो प्रतिनिधिसभा पुरानै संसद्को निरन्तरताका रुपमा आयो। जनताको समस्या समाधान हुने थलो बन्न नसकेकाले त्यसको विरोध स्वरुप यसअघि बोलिनँ। यसलाई अलि जनताको समस्या हल गर्ने थलो बनाइनुपर्छ।'

प्रतिनिधिसभा दुईपटक विघटन र सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि बल्ल पहिलो पटक बोल्न रोस्टममा उभिएका गजुरेलले भने, 'सरकारले संविधान कुल्चेकाले दलहरूको प्रयासमा अदालतले संविधानको व्याख्या गरेको हो। अदालतले संविधानको व्याख्या नगरे कसले गर्छ ? दुई–दुई पटक अदालत जानुपर्ने स्थिति कसले सिर्जना गर्‍यो?'

सर्वोच्चको फैसलापछि जनताको जित भएको बताउँदै भने, ‘के यो दलीय अनुशासन हो ? पार्टी र दललाई वेवास्ता गर्ने। प्रम भएर लिखित सम्झौतालाई वेवास्ता गर्ने अनि ठुलठुला कुरा गरेर हुन्छ ?’



केपी ओली जनमतअनुसार पाँच वर्ष प्रधानमन्त्री हुने र प्रचण्डले अध्यक्ष भएर एजेन्डाको नेतृत्व गर्ने गरी सहमति खोज्नुपर्छ : हरिबोल गजुरेल (अन्तर्वार्ता, भिडियो)

प्रकाशित मिति: : 2021-07-23 15:32:00

प्रतिकृया दिनुहोस्