चीनको हेनान प्रान्तमा वर्षापछिको बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६

Photo - Xinhua
Photo - Xinhua

चीनको मध्य क्षेत्रमा व्यापक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन्।

बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ।

आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-24 05:53:00

प्रतिकृया दिनुहोस्