ओली विक्षिप्त छन्, बार्दलीबाट बरबराउँछन्– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ताच्युत भएपछि एमाले अध्यक्ष केपी ओली विक्षिप्त अवस्थामा रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा भएकाे कार्यक्रममा प्रचण्डले सत्ताच्युतपछि ओली विक्षिप्त भएकाे बताएका हुन्।

उनले नेपालकाे राजनीतिक इतिहासमा ओली नराम्राेसँग पछारिएकाे समेत बताएका  छन्।

‘ओली अहिले विक्षिप्त छन्, बरबराउँछन्, कहिले बालकाेटकाे बार्दलीबाट बरबराउँछन्। कहिले कहाँ गएर बरबराउँछन्।’ प्रचण्डले भने,‘ त्यसैले ओलीलाई उनका निकटस्थहरूले समेत छाेड्न थाले।’

त्यस्तै, प्रचण्डले एमालेले सत्ता पक्षीय गठबन्ध भत्काउने षड्यन्त्र गरिरहेकाे समेत आराेप लगाएका छन्। 

प्रकाशित मिति: : 2021-07-24 12:51:00

प्रतिकृया दिनुहोस्