कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित

नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन्।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेकाे पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो।

अधिवेशनकाे अर्काे कार्यतालिका केन्द्रीय कार्य समिति बैठकले सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ। तर, सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल शुरु भएको छ।

प्रकाशित मिति: : 2021-07-24 13:41:00

प्रतिकृया दिनुहोस्