एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आगो बाल्छौं– महेश बस्नेत

File Photo
File Photo

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्‍नेतले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएमा देशभर आगो बाल्ने चेतावनी दिएका छन्।

युथ फोर्सको भ्याली कमाण्ड गठन कार्यक्रममा बाेल्दै शनिबार बस्नेतले भने,‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा त्यसलाई फेल गराइयो, अहिले फेरि एमाले नै फुटाउन अध्यादेश ल्याउन खोजियो भने देशभर आगो बल्छ।’

उनले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भइरहेको समेत उल्लेख गरेका छन्। 

नेता बस्नेतले युथ फोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय प्रश्न उठेको बताउँदै धेरै आशंका बोकिरहन आवश्यक नरहेको बताएका छन्। अध्यक्ष केपी ओली पक्षले युथ फोर्स र माधव नेपालले अखिल फोर्स बनाएकोमा एमालेभित्रबाटै आलोचना भइरहेको छ। 
 कार्यक्रम सुरू हुनुअघि युथफाेर्सले काठमाडाैंमा माेटरसाइकल र्याली गरकाे थियाे। 

प्रकाशित मिति: : 2021-07-24 17:41:00

प्रतिकृया दिनुहोस्