शशांक कोइराला निवासमा पाैडेल पक्षकाे बैठक बस्दै

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ।

महामन्त्री शशांक कोइरालाको निवासमा आज मध्यान्ह १२ बजेपछि बैठक बस्ने तयारी भएकाे कोइरालाका स्वकीय सचिव भरत तिवारीले  बताएका छन्।

उनकाे अनुसार १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादका विषयमा छलफल केन्द्रित हुनेछ।

शनिबार बसेकाे पदाधिकारीकाे बैठकले साउन १२ गतेका लागि ताेकिएकाे वडा तहकाे अधिवेशन स्थागित गर्ने निर्णय गरेपछि अब कहिले अधिवेशन गर्ने भन्ने विषयमा समेत बैठकम छलफल हुनेछ।

बैठकमा वरिष्ठ नेता पाैडेल, महामन्त्री काेइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरूकाे सहभागी हुने बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-07-25 10:08:00

प्रतिकृया दिनुहोस्