कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु 

फाइल तस्वीर
फाइल तस्वीर

कालिकोटमा मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका ३२ वर्षीय रमेशबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

तीव्र गतिमा नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहीले जानकारी दिएका छन्। झन्डै ३ सय मिटर तल सडकबाट कर्णाली नदीमा खसेको छ।

कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट ट्रक कर्णाली नदीमा खसेको हो।

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। ट्रक सडकबाट झन्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ।

प्रकाशित मिति: : 2021-07-28 07:34:00

प्रतिकृया दिनुहोस्