बजार पसेको भालुलाई सात घण्टापछि मारियो

जुम्ला बरजार पसेर मान्छेलाई आक्रमण गर्ने भालुलाई सात घण्टापछि मारिएको छ।  

चन्दननाथ सिंहाचौरको गोठमा पसेको भालु नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथी नै आक्रमण गर्न थालेपछि मारिएको हो। 

घटना स्थालमा पुगेको नेपालीसेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले तीन घण्टा गाउँनै सुरक्षा दिएर भालुलाई नियन्त्रणमा लिएको थियो। भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कायर्कालयका कर्मचारी पनि सो स्थानमा पुगेका थिए। 

भालु नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीलाई नै आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा भालु मारिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



जुम्ला बजारमा भालु पस्याे, तीन जना घाइते

जुम्ला बजारमा पसेकाे भालु सिंहाचाैरमा भेटियाे



मारिएको भालुको पशुविज्ञवाट पोष्टमार्टम गरेर अन्त्यष्टि गरिने डिभिजन वन कार्यालय प्रमुख दिनेश खत्रीले जानकारी दिए। 

डिएसपी दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका ४ निवासी २९ वर्षीया हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई बिहीबार विहान आक्रमण गरि घाइते बनाएको थियो। 

कार्कीबाडामा श्रीमान् हिमबहादुर रोकाया नुहाई रहेको अवस्थामा भालुले आक्रमण गरेपछि श्रीमतीले थाहाँ पाउँदा उनलाई समेत घाइते बनाएको प्रहरीले जनाएको छ। 

त्यस्तै सिंहाचौरका हिरा सार्कीलाई पनि भालुले आक्रमण गरेको छ। विहान साढे ५ बजे भालुले मानिसलाई आक्रमण गरेको खबर आएपछि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईं सहित सुरक्षा निकायको टोली खोजी कार्यमा लागेको थियो।

यस्तै विहान ९ बजे वडा नं सिंहाचौरको एक घरको गोठमा भालु छिरेको अवस्थामा थाहा सुरक्षा निकाय पुगेको थियो।

प्रकाशित मिति: : 2021-08-12 19:30:00

प्रतिकृया दिनुहोस्