घट्टे खोलामा बगेर जुम्लामा एकै घरका तीन जनाको मृत्यु

पाटनबाट सेतक चिनी कोरेर फर्कदै गरेका बेला पहिरोमा पुरिएर जुम्लामा एकै घरका तिनजनाको मृत्यु भएको छ।

तातोपानी गाउँपालिका (७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो।

जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार मृत्यु हुनेमा ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र १० वर्षका सन्देश रावत छन्। बिर्खे रावत जैसरीको जेठाजु हुन् भने सन्देश रावत जैसरीका छोरा हुन्।  

सेतक चिनी कोरेर पाटनबाट फर्कदै गरेका बेला घर नजिकैको घट्टे खोला तर्ने क्रममा उनीहरुलाई एक्कासी माथिबाट आएको बाढीले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।  

‘बाढी आएर पानी थुनिएको रहेछ। उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला संगसंगै भएपछि उनीहरुलाई बगाएको रहेछ’ उनले भने,‘सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए।’

राति अबेरसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी कार्य गर्दा नभेटेपछि शुक्रबार वडाध्यक्ष र टोप्ला प्रहरी चौकीबाट खटेको टोलीले बगाएको अवस्थामा भेटाएको थियो।

यसअघि पहिरोमा परेको भनिएको भएपनि बाढीपहिरो एकैसाथ आएर बगाएको स्थानीय बताउँछन्।  

डिएसपी थापाले खोलाबाट मृतक तीनै जनाको शव निकालि सकिएको बताए। 

प्रकाशित मिति: : 2021-08-14 16:56:00

प्रतिकृया दिनुहोस्