शुक्रबार, ०८ अगस्ट २०२५

‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

File Photo
• • •

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ।

शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन्।

ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र विशेषता छन्। स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन्। भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन्।

विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन्। सबैका फ्यान फलोइङ उत्तिकै छन्। ‘कमेडी च्याम्पियन २’ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन्।

शुक्रबार, भाद्र १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!