१० बुँदे सहमति कार्यान्वयन हुन्छ: ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन गर्ने बताएका छन्।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले १० बुँदे सहमति पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा पार्टी नेतृत्त्व पछि नहट्ने बताएका हुन्।

‘१० बुँदे सहमति सुझावको रुपमा आयो। पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो। त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्त्व पछि हट्दैन्,' उनले भने।’

उनले आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र नभएर विकसित एमाले भएको समेत बताए।

‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ। आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो’, महासचिव पोखरेलले भने, ‘एकता प्रक्रियासहितको एमाले हो। जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो।’

प्रकाशित मिति: : 2021-09-16 15:26:00

प्रतिकृया दिनुहोस्