प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन्।

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए।

कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ।

‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्काे पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ। केन्द्र त यहाँ छ। प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन्। माधव नेपाल आफ्नो गुट लिएर बसेका छन्।’

तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनको भनाइ छ। परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ। 
 

प्रकाशित मिति: : 2021-09-16 16:00:00

प्रतिकृया दिनुहोस्