एकीकृत समाजवादी बाराकाे २५१ सदस्यीय जिल्ला कमिटी घोषणा 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ।

कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो। प्रदेश २ का सांसद समेत रहेका बिश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष समेत हुन्।

एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवार रहेका छन्।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्तालगायतका रहेका छन्।

जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं प्रमुख अतिथि नागेन्द्र चौधरीले  समाजवादी आन्दोलनकालागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठुलो नोक्सानी भएको बताउँदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडी बढन निर्देशन दिए।

यसैगरी अर्का केन्द्रिय सदस्य एंव बिशिस्ट अतिथि दिनेश राईले ओलीको व्यक्तिवादी चरित्रले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि भढन खोजेपछि बिद्रोह गर्नु परेको बताए।

झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडी बढ्दा कम्युनिस्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए।

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ,  प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-09-16 16:50:00

प्रतिकृया दिनुहोस्