जुम्ला क्याम्पसकाे परीक्षा केन्द्र सुर्खेतमा ताेकिएपछि विद्यार्थीहरू आक्राेशित

जुम्ला बहुमुखि क्याम्पसका स्नातकोत्तर तह दाेस्राे वर्षकाे परीक्षा केन्द्र सुर्खेत हुने भएपछि विद्यार्थीहरु मर्कामा परेका छन्।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले वार्षिक परीक्षा प्रणालीअन्तर्गत संचालन हुने परीक्षा केन्द्र मर्ज गर्दा जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू परीक्षा दिन सुर्खेत जानुपर्ने भएकाे हाे।

देशमा संघीयताकाे अभ्यास भइरहेकै समयमा जुम्लाको परीक्षा केन्द्र सुर्खेतमा सारिनु केन्द्रीकृत मानसिकताकाे उपज भएकाे जुम्ला बहुमुखी क्याम्पस स्नातकोत्तर तह दाेस्राे वर्षकी लक्ष्मी परियारले बताइन्।

'हामी जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थी हाैं। सबै काेणबाट पायक पर्ने हुनाले नै हामीले यहीँ भर्ना गरेका हाैं,' उनले भनिन्, 'जुम्लाको परीक्षा सुर्खेत हुँदा हामीलाई पायक पर्दैन। खर्चिलो छ। याे अन्यायपूर्ण कदमबाट त्रिभुवन विश्वविद्यालय पछि हटाेस्।'

परीक्षाकाे तयारी गरिरहेकै बेला अन्तिम समयमा क्याम्पसले परिक्षा केन्द्र परिवर्तनको जानकारी दिएर विद्यार्थीकाे मानसिकतामा ठेस पुगाएकाे अर्की विद्यार्थी पुष्पा थापाले बताइन्।

'भाैगाेलिक विकटताकाे करण परीक्षा दिन असहज हुनेछ,' उनले भनिन्, 'कहीँ नभएको जात्रा देखाएर विश्वविद्यालयले हामीलाई मारमा पार्न खाेज्नु अन्यायपूर्ण छ।'

काेभिडकाे समयमा अधिकांस परीक्षाहरु 'हाेम सेन्टर'काे कन्सेप्टमा चलिरहेकै बेला त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र मर्ज गरि सुर्खेत पुर्याउनू गलत भएकाे अर्का परिक्षार्थी दानबहादुर शाहीकाे गुनासाे छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थी संख्याकाे आधारमा परीक्षा केन्द्र ताेक्ने भएकाेले स्नातकोत्तर तह दाेस्राे वर्षका आंशिक परीक्षार्थीकाे हकमा मात्र परीक्षा केन्द्र सुर्खेत भएकाे र सेमिस्टार प्रणालीमा संचालन हुने अन्य परीक्षा केन्द्र जुम्लामै हुने जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा.ओम प्रकाश अचार्यले बताए।

'परीक्षा केन्द्र सुर्खेत हुने भएपछि हामीले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलय नेपालगन्जसँग पनि अनुराेध गरेका हाैं,' उनले भने, 'तर विद्यार्थी संख्या १२ जना मात्र भएकाले जुम्लामा परीक्षा केन्द्र कायम हुन सकेन।'

प्रकाशित मिति: : 2021-09-24 08:58:00

प्रतिकृया दिनुहोस्