दलितका नाममा रकम उठाएर आफैँ खाने अधिकारकर्मी पक्राउ

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

कोभिड-१९ को चपेटामा परेका दलित समुदायका लागि भन्दै रकम उठाएर आफैँ खाने दलित अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

अफ्ठ्यारोमा अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगीको अभियोगमा पक्राउ गरेको हो।

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानवीय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम हिनामिना गरेको उजुरी पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनको ठगीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-22 12:33:00

प्रतिकृया दिनुहोस्