गाई गोठमा तास खेल्ने १९ जुवाडे पक्राउ

File photo
File photo

गाई गोठमा तास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पर्सागढी नगरपालिका–९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुरलगायत १९ जना बिहीबार राति पक्राउ परेका हुन्।

उक्त गोठमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका साथबाट नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थानसहित सादा चेकफेला पारेको प्रहरलिे जनाएको छ। उक्त सम्बन्धबारे थप अनुसन्धान भइरहेका बताइएको छ। 

प्रकाशित मिति: : 2021-10-22 12:50:00

प्रतिकृया दिनुहोस्