मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

File Photo
File Photo

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन्।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ।

प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। 

प्रकाशित मिति: : 2021-10-22 12:50:00

प्रतिकृया दिनुहोस्