फातसुङको अंग्रेजी अनुवाद तीन देशबाट एकसाथ सार्वजनिक

लेखक छुदेन काविमोको उपन्यास फातसुङको अंग्रेजी अनुवाद तीन देशबाट एकैचोटी सार्वजनिक भएको छ। अंग्रेजीमा 'सङ अफ दि सोयल' नाम दिइएको यो उपन्यास नेपाल, भारत र युकेबाट एकसाथ सार्वजनिक भएको हो।

फातसुङ अर्थात् माटोको कथा पहिचानका लागि गरिएको आन्दोलनको कथा हो। सन् १९८६ मा पहिलो पटक अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनमा सयौँ मान्छे मारिए। फातसुङ त्यही सपनाहरुको कथा हो।

अंग्रेजी अनुवाद सार्वजनिक भएको जानकारी दिँदै लेखक काविमोले अनुवादले पुलको काम गर्ने बताएका छन्। अनुवादले एक भाषाले अर्को भाषा र साहित्यसँग जोड्ने काविमो बताउँछन्।

फातसुङको अंग्रेजीमा अजित बरालले गरेका हुन्। अंग्रेजी संस्करण भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेको हो।

दार्जिलिङको कालिम्पोङमा जन्मिएका काविमो छापा लेखनमा समेत निकै रुचाइएका लेखक हुन्। फातसुङको बंगाली अनुवाद पनि सार्वजनिक भई सकेको छ भने हिन्दीमा पनि प्रकाशित हुँदै छ। सन् २०१९ मा प्रकाशन गृह फाइन प्रिन्टले फातसुङ बजारमा ल्याएको थियो।

प्रकाशित मिति: : 2021-10-22 20:00:00

प्रतिकृया दिनुहोस्