पाँचथर बस दुर्घटना: घाइतेकाे उद्दार गर्न नेपाली सेनाकाे हेलिकप्टर पठाइयाे 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

पाँचथरकाे फिदिम नगरपालिका–४ सरखण्डेमा आज बस दुर्घटना हुँदा घाइते भएकालाई उद्दार गर्न नेपाली सेनाकाे एम आइ 17 हेलिकप्टर पठाइएकाे छ।

गृहमन्त्री बालकृष्ण खाँणकाे निर्देशनमा हेलिकप्टर पठाइएकाे मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

सखरखण्डमा काे १ ख ३८६५ नम्बरकाे यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएकाे छ भने ६० जना घाइते भएका छन्।

प्रकाशित मिति: : 2021-10-25 16:52:00

प्रतिकृया दिनुहोस्